नेपालगन्ज, फागुन ९ - नेपालगन्जको जमुनाह नाका हुँदै अवैधरुपमा भारतबाट खाडी मुलुक जान लागेका ५ जना युवतीलाई सीमाबाट उद्धार गरिएको छ ।
काठमाडौबाट दिल्लीका लागि छुटेको बसमा सवार ५ जना युवतीलाई शुक्रवार नेपाल प्रहरी, भारतीय सुरक्षाबल एसएसबी र माइती नेपालको टोलीले संयुक्तरुपमा सीमाबाट उद्धार गरेको हो ।
माइती नेपाल नेपालगन्जका कार्यक्रम संयोजक केशव कोइरालाका अनुसार असुरक्षितरुपमा भारत हुँदै खाडी मुलुक जान लागेका युवतीलाई संयुक्तरुपमा उद्धार गरिएको हो । उद्धार गरिएका युवतीहरुले आफूहरु साउदी अरब, इराक र ओमन जानका लागि दिल्ली जान लागेको बताएका छन् । उद्धार गरिएका सबैजना माइती नेपाल नेपालगन्जमा छन् ।
युवतीहरुलाई मनोपरामर्शपछि भारत हुँदै खाडी जान लागेको बुझिएको माइती नेपालले जनाएको छ । अवैध रुपमा भारतको बाटो हुँदै खाडी मुलुक जाने महिलाहरु श्रम तथा यौन शोषणमा पर्न सक्ने भन्दै सतर्कता अपनाइएको माइती नेपालले जनाएको छ ।
No comments:
Post a Comment